परिचय

चितवनमा प्रेस चौतारीको इतिहास र वर्तमान

विसं २०५६ साल मंसिर महिनामा पत्रकार रामबाबु सुवेदीको अध्यक्षतामा प्रेस चौतारी नेपाल चितवन शाखाको पहिलो तदर्थ समिति गठन भएको हो । समितिको सचिवमा ऋषि घिमिरे, कोषाध्यक्षमा जीवलाल पौडेल, सदस्यहरुमा विष्णु छिमेकी, कृष्ण गिरी, हरि पोखरेल, बसन्त पोखरेल, विष्णु वि.क. सेन्चुरी (जो राजाको शासनकालमा राजावादी बने) रहेका थिए ।
त्यसबेला मुलुकमा माओवादी विद्रोही र तत्कालीन राज्यबीच भीषण युद्ध चर्किएको थियो । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको दृष्टिकोण नेपाली वामपन्थी पक्षधरहरुको अनुकुल थिएन । एकातिर मुलुक नै पत्रकारहरुका लागि एक खुल्ला कैदको रुपमा रहेको थियो भने अर्काेतिर नेपाली स्वतन्त्र प्रेस राज्य र माओवादी दुवै पक्षको चपेटामा परेको थियो । विषम परिस्थितिका बाबजुद पनि प्रगतिशील पक्षधर पत्रकारहरुले पेशागत हक, हित, मर्यादा र वृत्ति विकासको लागि एकजुट भई आफ्नै एउटा पृथक संगठन प्रेस चौतारी नेपालको गठन गरेका थिए । चितवन प्रेस चौतारी नेपालको २० औँ शाखाको रुपमा गठन भएको हो ।
चितवनमा शाखा गठन भइरहँदा काठमाडाँैमा दोस्रो राष्ट्रिय सम्मेलनको तयारीको कार्य दु्रत गतिमा अगाडि बढिरहेको थियो । जिल्लामा संगठनलाई महत्वपूर्ण सल्लाह, सुझाव, उत्साह र मार्गनिर्देश गर्ने कार्यमा नेकपा एमाले चितवनका तत्कालीन सचिव हरि सापकोटा, प्रचार विभाग प्रमुख जगतराज पौडेल, नेपाल पत्रकार महासंघ चितवन शाखाका तत्कालीन सभापति विष्णु छिमेकी, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष विजय चालिसे र वरिष्ठ पत्रकार शम्भू श्रेष्ठको नाम उल्लेखयोग्य छ ।
२०५८ सालमा प्रेस चौतारी नेपाल चितवन जिल्ला शाखाको पहिलो जिल्ला अधिवेशनले पुनः रामबाबु सुवेदीकै अध्यक्षतामा तदर्थ समितिमै रहेका पत्रकार कमरेडहरुलाई पुनः निर्वाचित ग¥यो । विसं २०६१ साल असोज २२ गतेको दोस्रो जिल्ला अधिवेशनले पुनः रामबाबु सुवेदीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमितिको गठन भयो । सो समितिका उपाध्यक्षमा ऋषिराज घिमिरे, सचिवमा हरिप्रसाद पोखरेल, कोषाध्यक्षमा शिवजी गायक र सदस्यहरुमा विनोद सापकोटा, रोहिणी त्रिपाठी र अर्जुनप्रसाद शर्मा रहेका थिए । समितिको पहिलो बैठकले सल्लाहकारहरुमा विष्णु छिमेकी, जगतराज पौडेल र लक्ष्मीकान्त शर्मा (लकाश) पौडेललाई चयन गरेको थियो ।
प्रजातन्त्रवादी पक्षीय पत्रकारहरु नेपाल प्रेस युनियन नामको संस्था टे«ड युनियनअन्तर्गत केन्द्रमा दर्ता गरी जिल्ला जिल्लामा अस्तित्वमा रहेको सन्दर्भमा प्रगतिशिल खेमाका पत्रकारहरुमा पनि प्रेस चौतारी नेपालको जिल्ला शाखाको गठनले ऊर्जा थप्ने काम ग¥यो । पेशागत मर्यादा, हक, हित, अधिकार र दक्षता अभिवृद्धिको सवालमा होस् वा राजनीतिक र सार्वजनिक सवालका विषयमा होस् यसले बेलाबेलामा अन्तरक्रियात्मक कार्यक्रम गरी सम्बन्धित निकायलाई झकझक्याउँदै जनतालाई सही सत्य र तथ्य सूचना संप्रेषणमा जुन भूमिका निवाह ग¥यो । पेशागत हकको सवालमा नेपाली स्वतन्त्र पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ र स्वयम् प्रेस चौतारीसमेत सडक आन्दोलनमा होमिएको यथार्थलाई बिर्सिन सकिँदैन ।
२०६१ साल असोज २२ गते प्रेस चौतारी चितवनको दोश्रो जिल्ला अधिवेशनबाट गठन भएको नया“ कार्यसमितिको पदस्थापन गरे लगत्तै सोही वर्षको माघ १९ गते भएको शाही ‘कु’ले नेपाली प्रेसमाथि ठूलो आक्रमण भयो । जनतालाई सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने उद्देश्य लिएर स्थापना भएको पत्रपत्रिका प्रकाशनमा रोक लगाइयो भने एफएम रेडियोहरुलाई पनि सूचनामुलक कार्यक्रम प्रसारणमा रोक लगाइयो । शाही ‘कु’ पश्चात समाचार लेखेकै भरमा राज्यबाट धम्की दिने, पक्राउ गरी थुनामा राख्ने, मुद्धा लगाउने कार्य गरियो भने विद्रोही पक्षबाट पत्रकारहरुलाई धम्क्याउने काम पनि भयो । शाही ‘कु’ पश्चात सात दिनसम्म स्थानीय पत्रपत्रिका बन्द भए भने एफएम रेडियोहरुले पनि समाचार प्रसारण गर्न पाएनन् । त्यस अवधिमा सेना प्रहरी पटकपटक घरमा जाने खानतलासी गर्ने तोडफोड गर्ने परिवारलाई कुटपिट गर्ने, मानसिक तनाव दिने, धम्की दिने कार्य भयो । लोकतान्त्रिक आन्दोलनको अवस्थामा चैत्र २९ गते कफ्र्यु तोडेर जुलुस निकाल्दा यस शाखाका सल्लाहकार विष्णु छिमेकी, सचिव हरिप्रसाद पोखरेल, सदस्य नारायण सापकोटा, कृष्ण गिरीलगायतका पत्रकारहरु गिरफ्तार भए ।
कथित नगर निर्वाचनको समाचार संकलनका क्रममा शाखाका सदस्य सुरेश कोइराला र सुरेश रेग्मीमाथि सुरक्षाकर्मीबाट कुटपिट भयो । लोकतान्त्रिक आन्दोलनको क्रममा शाखाका कार्यसमिति सदस्य सुरेश रेग्मी सुरक्षाकर्मीबाट भएको गम्भीर कुटपिटबाट घाइते भए । लोकतान्त्रिक आन्दोलनको क्रममा रत्ननगरमा सदस्य विष्णु पौडेलको साइकल सुरक्षाकर्मीबाट आगोमा हाली क्षति बनाइयो भने समाचार लेखेकै भरमा शाखा अध्यक्ष रामबाबु सुवेदी, कार्यसमिति सदस्य रोहिणी त्रिपाठी र सदस्य टीकादत्त तिमिल्सेनास“ग स्पष्टीकरण लिई समाचार नलेख्न दबाब दिइयो । २०६२ चैत २४ गते शाखाका सदस्य तिलक रिमालको चढ्दै गरेको मोटरसाइकल समाचार संकलन गरेकै बखत माओवादीले खोसेर लगे । चर्को दबाबपछि सो मोटरसाइकल फिर्ता भयो ।
२०६३ माघ ९ गते तेस्रो जिल्ला अधिवेशबाट पूर्वसचिव हरिप्रसाद पोखरेलको अध्यक्षतामा गठन भएको नया“ कार्यसमितिले शाखाको विकासका कार्यहरुभन्दा पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको लागि आन्दोलित हुनुपर्ने अवस्था भयो ।
छ दशक लामो पत्रकारिताको इतिहासमा प्रेस चौतारीले छोटै अवधिमा राजनीतिक, सामाजिक क्षेत्रका सार्वजनिक सरोकारका विषयमा पु¥याएको योगदान, प्रेस चौतारी आवद्ध साथीहरुको लगन र यसलाई प्राप्त भएको आम न्यायप्रेमी जनताको शुभेच्छाले अझै उचाइमा पु¥याएको छ । प्रेस चौतारी चितवनलाई विभिन्न चरणमा नेतृत्व प्रदान गरी यस अवस्थासम्म ल्याई पु¥याउन शालिग्राम नेपाल, कविकिरण न्यौपाने, राधेश्याम खतिवडा, तीर्थ नेपाल र तत् ततु् कार्यसमितिमा रहेर जिम्मेवारी सम्हाल्नुभएका साथीहरुको भूमिका महत्वपूर्ण छ । तीर्थ नेपालको कार्यकालमा चौतारीको आफ्नै जग्गा प्राप्त भएको छ । यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तत्कालीन उपाध्यक्ष सुवास पण्डितलगायत कार्यसमिति र तत्कालीन बागमती प्रदेश संयोजक तिलकराम रिमालको योगदान अविश्मणीय छ । भरतपुर महानगरपालिका–११ मा दस धुर जमिन दान गर्ने दाता केशव कार्की धन्यवादका पात्र हुनुहुन्छ ।
वर्तमान अवस्था
प्रेस चौतारी नेपाल चितवन शाखा यतिबेला युवा जुझारु नेतृत्वको साथमा रहेको छ । विश्व नै कोभिड–१९ को महामारीबाट गुज्रिरहेको छ । यो महामारीको बेलामा प्रेस चौतारी चितवन पत्रकारहरुका साथमै छ भन्ने महसुस गराएको सबैले अनुभूति गरेका छन् । यस कार्यका लागि प्रेस चौतारी बागमती प्रदेशका सहसंयोजक शिशिर सिंखडा, जिल्ला अध्यक्ष सुवास पण्डित, सहअध्यक्ष कृष्ण आचार्यको अथक लगन र प्रयासले चौतारीलाई थप उचाई प्रदान गरेको छ ।
अहिले पनि यावत षडयन्त्रहरुको विरुद्ध स्वतन्त्र प्रेस र सञ्चारकर्मीहरुको अधिकारको लडाईमा प्रेस चौतारी नेपाल चितवन शाखा अग्रपंक्तिमा उभिएको छ । संगठन स्थापना गर्दाका बखत सानो संख्यामा रहेका चौतारी आवद्ध पत्रकारहरुको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । प्रेस चौतारीको जगमा प्रशिक्षित पत्रकार साथीहरु अधिकांशले नेपाल पत्रकार महासंघको नेतृत्व तहमा रहेर प्रेस स्वतन्त्रताको आन्दोलनलाई अगाडि बढाइरहनु भएको छ । पत्रकार महासंघ चितवनको २०७८ बैशाखमा भएको अधिवेशनमा जिल्लाकै ठूलो संगठन भएर पनि विपक्षीहरुले गरेको गठवन्धन र घेरावन्दीका कारण प्रेस चौतारी चितवनले दरिलो उपस्थिती पत्रकार महासंघमा देखाउन सकेन । चौतफी घेरावन्दी, संगठन भित्रको समस्या (माधव पक्ष निकट पत्रकाहरुको विपक्षीसँग गठवन्धन) पत्रकार महासंघको सचिव, सहसचिवजस्ता महत्वपूर्ण पदमा प्रेस चौतारीले विजय हासिल गरेको छ । यसपटकको महासंघको निर्वाचनमा हाम्रो उपस्थिति संख्यात्मक रुपमा कम उपस्थिती देखिए पनि विचारात्मक रुपले खारिएका साथीहरुले नेतृत्व गरेको अवस्था छ । पत्रकार महासंघमा ११५ जना सदस्य, जिल्ला सदस्यहरुको संख्या १३० जना रहेको प्रेस चौतारी नेपाल चितवन जिल्लाकै ठूलो, सक्रिय र जुझारु, श्रमजीवि पत्रकारहरुको संगठन हो ।
यतिबेला चौतारीले महासंघमा आफ्नो नेतृत्व स्थापित गर्न नसके पनि विगत २५ वर्षदेखि आजका दिनसम्म प्रेस चौतारीले स्वयंले नेतृत्व गरेको प्रेस स्वतन्त्रताका विभिन्न आन्दोलन र नेपाल पत्रकार महासंघसस“ग सहकार्यमा गरिएका आन्दोलनहरुले प्रभावकारी भूमिका निर्वाह गरेको छ ।

(संस्थापक अध्यक्ष ः रामबाबु सुवेदीबाट )